neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबिच सम्झौता

महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबिच सम्झौता

Jul 30th, 2021

काठमाडौं, साउन १५

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि संग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम आठ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।