neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जयनेपाल र नक्साल भगवतीमा आजदेखि नयाँ ट्राफिक लाईट सञ्चालन

जयनेपाल र नक्साल भगवतीमा आजदेखि नयाँ ट्राफिक लाईट सञ्चालन

Jul 30th, 2021

काठमाडौ, साउन १५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महाशाखाले जय नेपाल चोकमा कामनपा – १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।

नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा वडा नं – १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठले स्वीच अन गरी संयुक्तरुपमा उद्घाटन गरेकाहुुन भने नक्साल भगवतीको ट्राफिक लाईट महाशाखा प्रमुख भट्टराई र कुमारी वैङ्कका चिफ अप्रेशन अफिसर राम चन्द्र खनालले गरेका हुुन ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

“हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौ, यसको लागि विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं । आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।” भट्टराईले भने, “प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।”

कार्यक्रममा बोल्दै कामनपा – १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको समेत प्रशंसा गरे ।

त्यस्तै, कुमारी बैंकका चिफ अप्रेशन अफिसर राम चन्द्र खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दे जाने पनि बताउनुभयो । उद्घाटन कार्यक्रममा महाशाखाका प्रमुख, स्थानिय निकायका पदाधिकारीहरू, वैङ्कका पदाधिकारीहरूर अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३४ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi