neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मैत्रीपूर्ण खेलमा लिभरपुल पराजित

Jul 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन १५

लिभरपुलले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा हार ब्यवरेको छ ।बिहीबार राति भएको खेलमा जर्मन क्लब हेर्था बर्लिनले लिभरपुललाई ४-३ गोलले पराजित गरेको हो ।

हेर्था बर्लिनलाई जित दिलाउन स्टेभान जोभिटिचले दुई गोल स्यान्टियागो र सूट सरदारले एक-एक गोल गरे। लिभरपुलका साडियो माने,टाकुमी मिनामीको र एलेक्स च्याम्बरलेनले एक-एक गोल गरे।

खेलमा पहिलो अग्रता हेर्था बर्लिनले लिएको थियो। खेलको २१ औं मिनेटमा स्यान्टियागोले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।३१ औं मिनेटमा साउदी अरेबियाका सूट सरदारले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ३७ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।४२ औं मिनेटमा टाकुमी मिनामीकोले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

दोस्रो हाफको ६६ औँ मिनेटमा हेर्था बर्लिनका स्टेभान जोभिटिचले गोल गर्दे टोलीलाई ३-२ ले अघि बढाए।खेलको ८० औं मिनेटमा जोभिटिचले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई४-२ ले अघि बढाए।

खेलको ८८ औं मिनेटमा लिभरपुलका एलेक्स च्याम्बरलेनले गोल गर्दै खेल ४-३ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र हेर्था बर्लिनले जित निकालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi