neapl investment mega bank
  • गृहपृष्ठ
  • २७ प्रतिशतले बढ्यो ब्यापार घाटा, महामारीकै बिचमा बढेको उपभोगले १५ खर्बको आयात

२७ प्रतिशतले बढ्यो ब्यापार घाटा, महामारीकै बिचमा बढेको उपभोगले १५ खर्बको आयात

Jul 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन १५

कोरोना महामारीको पहिलो चरणमा मुलुक लकडाउनमा प्रवेश गरेसँगै भन्सार नाकाहरुमा पनि कारोबार सुस्तायो । अत्याबश्यकीय बस्तुबाहेक अन्य बस्तुको आयात गरिएन । सामानहरुबाट पनि महामारी फैलिन्छ कि भन्ने डरले पुरै बितरण प्रणाली पनि प्रभावित भयो ।

तर, दोस्रो लहरका बेलामा देश निषेधाज्ञामा प्रवेश गरेपनि वितरण प्रणालीमा खासै समस्या आएन । उपभोग गर्नेहरुलाई उचित समय मिलाएर खरिद गर्ने व्यवस्था मिलाइयो । जसका कारण आयात पनि अकासिएको देखिएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्बको आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आयात ११ खर्ब ९६ अर्बमा सिमित थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष आयात २८ दशमलव छछ अंकले बढेको छ ।

आयातको तुलनामा निर्यातको बृद्धि ठूलो देखिएपनि रकममा हेर्ने हो भने यो ज्यादै न्युन छ । राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षिय योजना २०६७÷०६८ मा निर्यात ब्यापारलाई १ खर्ब पु¥याउने भनिएको थियो । त्यसको १० वर्षपछि सरकारले यो वर्ष १ खर्ब ४१ अर्बको निर्यात गरेको छ ।

आयातको तुलनामा निर्यात कम भएपछि ब्यापार घाटा पुन उकालो लागेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा महामारीका कारण खुम्चीएको ब्यापार घाटा यो वर्ष महामारीकै बिचमा भएपनि फेरी बढ्न थालेको छ । गत आर्थिक वर्षमा यस्तो ब्यापार घाटा २७ दशमलव दुई छ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार भटमासको तेल निर्यात गत वर्षको तुलनामा ३ सय २२ प्रतिशत अर्थात तीन गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा १२ अर्ब ६९ करोडको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो निर्यात बढेर ५३ अर्ब पुगेको हो ।

उच्च निर्यात हुने बस्तु तथा निर्यात बृद्धि हुने ५ बस्तुको सूचिमा भटमासको तेल पहिलो स्थानमा रहेको छ । त्यस्तै आयात हुने बस्तुको तेस्रो सूचिमा पनि यहि तेलको लागि आवश्यक कच्चा तेल रहेको देखिन्छ ।

विभागका अनुसार गत वर्ष १८ अर्बको भटमासको कच्चा तेल आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात १ सय ८५ प्रतिशतले बढेर ५३ अर्ब ३८ करोड पुगेको छ । सिमा क्षेत्रमा खुलेका प्रशोधन केन्द्रले भटमासको कच्चा तेल आयात गरि त्यसलाई प्रशोधन गरेर भारत पठाउने गरेकाले भटमासको कच्चा तेल आयात ह्वात्तै बृद्धि भएको देखिएको हो ।

पछिल्लो समय डिजेल तथा एमएस बिलेटको आयात पनि ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकाले पनि देशबाट डिजलका लागि बाहिरिने रकममा भारी बृद्धि भएको हो । गत आर्थिक वर्षमा मात्रै ९१ अर्ब ९४ करोड रुपैयाँ रकम डिजल आयातका लागि बाहिरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले बढि हो ।