neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जनप्रतिनिधि र स्थानीय बासीको विवादका कारण २ वर्ष देखि सडक निर्माणको काम अलपत्र

जनप्रतिनिधि र स्थानीय बासीको विवादका कारण २ वर्ष देखि सडक निर्माणको काम अलपत्र

Jul 29th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, साउन १४

भक्तपुरको मध्यपुर थिमी नगरपालिको ढोकै अगाडीको सडक २ वर्ष देखि कालोपत्रे हुनबाट रोकिएको छ । नगरपालिका भवनको नाकै अगाडी सडकमा खाल्डा खुल्डी परेर दैनिक हजारौं सवारी ओहोर दोहोर गर्ने सडक कालो पत्रे नभएको मुख्य कारण हो विद्युत प्राधिकरणले सडकको मुनीबाट हाइटेन्सन लाइने तान्ने र स्थानीय वासिन्दा हाइटेन्सन लाइन सडक मुनी बाट ताने हामीलाई खतरा हुने हुनाले सडक निर्माण ढिलो भएको मध्यपुर थिमि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले आफूलाई सडकको विषयमा प्रष्ट पार्दा र जवाफ दिदा मानसिक पिडा हुने बताउछन् ।

मध्यपुर थिमीका योजना प्रमुख सत्यनारायण शाहका अनुसार स्थानीयका अवरोध कारण सडक निर्माण ढिलो भएको बताए । यस सम्बन्धमा नगरपालिका सूचना अधिकारी यस विषयमा केशव शिल्वालले केही बोल्न चाहेनन् । स्थानीय २ सालमा आफु जन्मेको बताउँने अष्ट बहादुर प्रजापति यो सरकारले हामीलाई मार्न वाहेक केही सोचेन सडक निर्माण गर्दा करेन्टले मार्ने नगर्दा धूलोले मार्ने, अर्का ९ सालमा जन्मेका तेज बहादूर बारे भन्छन यो देशमा सरकार भएको जस्तो लागेन सडकको धुलोले घाँटी दुख्ने श्वास फेर्न गारो हने राती निन्द्रा नलाग्ने हुनाले स्थानीय सरकाले छिट्टै सडक निर्माण गरे राम्रो हने बताए । स्थानीय ५० वर्षीय कृष्णमान प्रजापति भन्छन् यो देशका स्थानीय सरकार पुरै भ्रष्टाचारमा डुबी सकेको जस्तो छ ।

सडकको मुनी बाट विजुलीको हाइटेन्सन लाइन लैजान दिए वापत मोटो कमिशन पाउने हनाले स्थानीय सरकार पुरै भ्रष्टाचारमा डुवे जस्तो लाग्छ । नत्र किन सडक निर्माणको समस्याको समाधान तिर लागेन त ?

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi