neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी सकृय

आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी सकृय

Jul 28th, 2021

काठमाडौं, साउन १३

काठमाडौं महानगरपालिका १७ स्थित वनस्थली चोक नजिकै रहेको थ्रीडी फर्निचर तथा सोफा कारखानामा आज दिउँसो करीव ४ बजे भएको आगलागी सशस्त्र प्रहरीले पाँच वटा दमकल र पाँच वटा ट्यांकरको सहयोगमा तत्कालै नियन्त्रणमा ल्याएको छ ।

धादिङ्ग घर भएका रामहरी धरेल र भारतीय नागरिक विजय शर्माले संचालन गरेको उक्त फर्निचर कारखानामा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ ।

सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वालाजुबाट सशस्त्र प्रहरी निरीक्षक प्रमिला श्रेष्ठकको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको कमाण्डमा ३५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखीबाट श्यामसंगती महर्जनको कमाण्डमा खटिएको ३५ जना सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको हो ।

उक्त आगलागीबाट करीव एक करोड ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi