neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ तथा नाडा प्रतिनिधि मण्डल विच छलफल

स्थास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ तथा नाडा प्रतिनिधि मण्डल विच छलफल

Jul 28th, 2021

काठमाडौ, साउन १३

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको सात सदसिय नाडा प्रतिनिधि मण्डलले २०७८ साल श्रावण १३ गते नव नियुक्त स्थास्थ तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठलाई भेटी उनको सफल कार्यकालको लागि शुभकामना दिदै सरकारकातर्फबाट नेपालको अटोमोवाइलक्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा गहन छलफल गरेकोे नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइल क्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको छ भन्दै सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइलक्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान सकिरहेका छैनन् । खाशगरी व्यवसायको फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको बताए ।

सो छलफलमा चोधरीले कोभिड १९ का कारण अटोमोवाइल व्यवसायले अझै गति लिन सकेको छैन भन्नु हुंदै अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको तडकारो आवश्यकता भएकोलो तत्काल खोप उपलब्ध गराई दिने व्यवस्थाका लागि आग्रह समेत गरे । उक्त भेटघाट तथा छलफलको क्रममा माननीय राज्य मन्त्री उमेश श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयाश गर्ने आश्वासन दिए ।

सो प्रतिनिधि मण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेटी आवश्यक खोप उपलब्ध गराउन अनुरोध गरेको थियो । सो भेटघाट तथा छलफलमा सचिव अर्यालले नीजि क्षेत्रले समेत खोप आयातगरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे । साथै अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएको सो भर्न समेत जानकारी दिए । सोे निजी क्षेत्रबाट खोप आयत गर्दा बढी सरकारी कार्यलयबाट बढी समस्या हुने होकी भन्ने जिज्ञासामा सचिबले सहज गरीदिने बताए । सो छलफलमा नाडाका उपाध्यक्ष करणकुमार चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतीले सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।