neapl investment mega bank
  • गृहपृष्ठ
  • मंगलबार थप ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण, १७७८ जना डिस्चार्ज, २० को मृत्यु

मंगलबार थप ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण, १७७८ जना डिस्चार्ज, २० को मृत्यु

Jul 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १२

मंगलबार थप ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ८५ हजार ६७३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ५१८ जनाको परीक्षण भएको छ । हालसम्म ३५ लाख ६३ हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १७७८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १७७८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ ।

थप २० को मृत्यु

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ७५८ पुगेको छ।