neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३ हजार ४२१ जनामा कोरोना सङ्क्रमण, १६८६ जना डिस्चार्ज, २५ को मृत्यु

थप ३ हजार ४२१ जनामा कोरोना सङ्क्रमण, १६८६ जना डिस्चार्ज, २५ को मृत्यु

Jul 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ११ साउन

सोमबार थप ३ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ९४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार २७२ जनाको परीक्षण भएको छ । हालसम्म ३५ लाख ५१ हजार ३२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १६८६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १६८६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ४५ हजार ३०१ पुगेको छ ।

थप २५ को मृत्यु

पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेको छ।