neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबि बैंकले ल्यायो बैंकिङ जगतमै सर्वाधिक सस्तो र फिक्स्ड ब्याजदर भएको २४ घण्टाभित्रै स्विकृत हुने अटो लोन

एनएमबि बैंकले ल्यायो बैंकिङ जगतमै सर्वाधिक सस्तो र फिक्स्ड ब्याजदर भएको २४ घण्टाभित्रै स्विकृत हुने अटो लोन

Jul 26th, 2021

काठमाडौ, साउन ११

एनएमबि बैंक लिमिटेडले अटो लोन आठ दसमलव ४९ प्रतिसत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी पाँच बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास लिईएको छ ।

बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि call@nmb.com.np मा ईमेल वा ०१–५९७१५० मा फोन गर्न सकिने बैंकले जनाएको छ ।बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।