neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन ब्यवसायीको आग्रह

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन ब्यवसायीको आग्रह

Jul 26th, 2021

काठमाडौं, साउन ११

प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुवीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शोमबार विहान भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरे ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा ब्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । त्यसक्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी ब्यवसायी महासंघले राखेमा माग सम्वोधनगर्न पहल गर्ने आश्वासन दिए । उनले ब्यवसायीमाथि परेमा समस्या समाधानगर्न सरकार सदैव तयाररहेको बताए ।

त्यसक्रममा नेपाली काँग्रेसका साँसद मिन वहादुर विश्वकर्माले ब्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणक लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिविद्धता ब्यक्त गरे । उनले सुनचाँदीको कारोबार सम्वन्धी ऐन नहुँदा सुनचाँदी ब्यवसाय सञ्चालनमा समस्या आएको बिषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या सिघ्र समाधान हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायमा देखिएका समस्याका बिषयमा जानकारी गराएका थिए । त्यसक्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई महासंघका अध्यक्ष शाक्यले महासंघका तर्फवाट बधाई दिंदै सफल कार्यकालकालागि शुभकामना ब्यक्त गरेका थिए ।

भेटका क्रममा महासघका तर्फवाट उपाध्यक्षहरु विपिन रामुदामु, शिव सर्राफ, महेन्द्र रत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सदस्य सुविन बज्राचार्य लगायतको सहभागिता थियो ।