neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल चेम्वर अफ कर्मसमा लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन

नेपाल चेम्वर अफ कर्मसमा लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन

Jul 26th, 2021

काठमाडौ, साउन ११

नेपाल चेम्वर अफ कर्मसमा लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छाको सभापतित्वमा गठित लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समितिको सदस्यमा मनोनयन भएका आर बि रौनियार लाई मनोनयन पत्र प्रदान गरेकाहुुन ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हाशिल गरेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।