neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेड क्यूपीआरसँग पराजित

Jul 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १०

म्यानचेस्टर युनाईटेडले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा हार ब्यवरेको छ ।शनिबार राति भएको खेलमा क्विन्स पार्क रेन्जर्स (क्यूपीआर)ले युनाईटेडलाई ४-२ गोलले पराजित गरेको हो ।

च्याम्पियनसिप क्लब क्यूपीआरलाई जित दिलाउन लिन्डन डायक्सले दुई गोल गरे भने चार्ली अस्टिन र मोशा ओडुबाजोले एक-एक गोल गरे। युनाईटेडका जेसी लिंगार्ड र एन्थोनी इलांगाले एक-एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो।खेलको तेस्रो मिनेटमा जेसी लिंगार्डले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।,तर खेलको सातौं मिनेटमा क्यूपीआरका चार्ली अस्टिनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५३ औं मिनेटमा क्यूपीआरका लिन्डन डायक्सले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको ५८ औं मिनेटमा क्यूपीआरका मोशा ओडुबाजोले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए। लगत्तै ५९ औं मिनेटमा मिनेटमा लिन्डन डायक्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

खेलको ७३ औं मिनेटमा युनाईटेडका एन्थोनी इलांगाले गोल गर्दै ४-२ को स्थितिमा ल्याएका थिए।

त्यसपछि कुनै गोल हुन सकेन र क्यूपीआरले जित निकालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi