neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनको हेनान प्रान्तमा बाढी ,५६ व्यक्तिको मृत्यु

चीनको हेनान प्रान्तमा बाढी ,५६ व्यक्तिको मृत्यु

Jul 24th, 2021

हेनान, चीन, ९ साउन /रासस/एएनआई

मध्य चीनको हेनान प्रान्तमा शुक्रबारसम्म भएको व्यापक वर्षापछिको बाढी तथा डसबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ ।

सो प्रकोपपछि चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षितथलमा लगिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

पिपुल्स लिबरेशन आर्मी ९पीएलए० केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको हो ।

चीन राज्य बाढी नियन्त्रणको लागि राहत मुख्यालयले पानीको स्रोत, आपतकालिन व्यवस्थापन र स्वास्थ्य मन्त्रालयहरूको एक टोली शुक्रवार सिन्सिआङ्ग बाढीको असरे निरीक्षण गर्न समन्वय गरेको छ ।

गएको साताको अन्तदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ ।