neapl investment mega bank
  • गृहपृष्ठ
  • शुक्रबार थप २ हजार ९७७ जनामा कोरोना सङ्क्रमण, १६७८ जना डिस्चार्ज, १८ को मृत्यु

शुक्रबार थप २ हजार ९७७ जनामा कोरोना सङ्क्रमण, १६७८ जना डिस्चार्ज, १८ को मृत्यु

Jul 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ८

शुक्रबार थप २ हजार ९७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ७६ हजार ७०८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ३०८ जनाको परीक्षण भएको छ । हालसम्म ३५ लाख १७ हजार ८८९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १६७८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १६७८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ३९ हजार ३६८ पुगेको छ ।

थप १८ को मृत्यु

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ६७९ पुगेको छ।