neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ओलम्पिक फुटबल : रिचार्लिसनको ह्याट्रिकमा ब्राजिलको जित

ओलम्पिक फुटबल : रिचार्लिसनको ह्याट्रिकमा ब्राजिलको जित

Jul 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन ८

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ ।बिहीबार राति भएको खेलमा ब्राजिलको यू-२३ टोलीले १० खेलाडीमा सिमित जर्मनीको यू-२३ टोलीलाई ४-२ गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले ह्याट्रिक गरे भने पाउलिन्होले एक गोल गरे।जर्मनीका नादिएम अमिरी र राग्नर एगले एक एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा रिचार्लिसनले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।२२ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३० औं मिनेटमा रिचार्लिसनले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई ३-० ले अघि बढाए।

त्यस्तै पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । तर माथ्युस कुन्हाले गोल गर्न सकेनन् ।

दोस्रो हाफको ५७ औं मिनेटमा जर्मनीका नादिएम अमिरीले गोल गर्दे खेल ३-१ को स्थितिमा ल्याए ।

खेलको ८४ औं मिनेटमा जर्मनीका राग्नर एगले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

तर, खेलको इन्जुरी टाइममा ब्राजिलका पाउलिन्होले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।

जितसँगै समूह (डी)मा रहेको ब्राजिलले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित जर्मनीको अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi