neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एयरपोर्ट गेटको ट्राफिक लाईट उद्घाटन

Jul 22nd, 2021

काठमाडौ, साउन ७

महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा.ली.सँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमकाबिच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्तरूपमा उद्घाटन गरेका हुुन ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरकोरुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको बताए । प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत छौ, सम्बन्धित सरोकारवाला निकाय बाहेक बिभिन्न संघ संस्था, बैंक बित्तिय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं । त्यसैको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको मुलगेटमा लाईट जडान गरि संचालनमा ल्याएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट जडान गर्न हातेमालो गर्ने योजना रहेको एसएसपी भट्टराईले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै एयरलाईन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए । उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे ।

कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाईटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । पछिल्लो समय प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखाले खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे ।

उद्घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाईन्सका पदाधिकारी, स्थानिय निकायका सदस्यर अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi