neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित

Jul 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ७

बार्सिलोनाले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।बुधबार राति भएको खेलमा स्पेनिश क्लब बार्सिलोनाले तेस्रो डिभिजन क्लब जिम्नास्टिकलाई ४-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन रे मनजले ह्याट्रिक गरे भने एलेक्स कोलाडले एक गोल गरे।बार्सिलोनाले सबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ३८ औँ मिनेटमा जिम्नास्टिक १० खेलाडीमा समेटिएको थियो ।जिम्नास्टिकका एलेक्सले रातो कार्ड पाउदै मैदान छठ्नु परेको थियो । जसको फाइदा बार्सिलोनाले उठायो ।

दोस्रो हाफको ६० औं मिनेटमा रे मनजले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ८५ औं मिनेटमा एलेक्स कोलाडले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।लगत्तै ८६ औं मिनेटमा रे मनजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ९० औँ मिनेटमा रे मनजले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे बार्सिलोनालाई ४-० को जित दिलाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi