neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • छ महिना अगाडी निर्माण सम्पन्न भएको महालक्ष्मी नगरपालिका वडा ७ नं. कार्यालय भवन अझै कार्यालय सार्ने टुङ्गो छैन

छ महिना अगाडी निर्माण सम्पन्न भएको महालक्ष्मी नगरपालिका वडा ७ नं. कार्यालय भवन अझै कार्यालय सार्ने टुङ्गो छैन

Jul 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ साउन

ललितपुकोे महालक्ष्मी नगरपालिका वडा नं. ७ को भवन छ महिना अगाडी निर्माण सकिए पनि अझै कार्यालय सार्ने टुङ्गो छैन यस विषयमा वडा नं. ७ का वडा अध्यक्ष नकुल थापासंग बुझ्दा सबै बाटो कालो पत्रे भए पछि मात्र सार्ने, श्रावण महिनामा सार्दा अशुभ हुने भएको भएकोले भाद्रमा मात्र सर्ने बताए ।

वडामा भवन निर्माणमा लागतको विषयमा आफूलाई त्यति जानकारी नभएको आधारभूमिलाई बताए । महालक्ष्मी नगरपालिकाका योजन प्रमुख मनिष सुवेदीका अनुसार करीव ५५–६० लाख लागतमा निर्मित भएको भवन खाली राख्नु भन्दा समयमै कार्यालय सार्नु पर्नेमा जोड दिइरहेको बताउँदै पार्टेशन र फर्निचरको लागि नगर पालिका संग थप रकम माग भैरहेको बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi