neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

Jul 21st, 2021

कर्णाली, ६ साउन /रासस

गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षातका बेला यात्रुलाई जोखिम बढेको थियो ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनीयर तुलाराम शर्माले २०७४ साल जेठदेखि निर्माण थालिएका ती पुलहरुमध्ये तिलाखोलाबाहेक सबै पुलहरु २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिनुभयो । तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो ।

सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएका हुन् । रु ४२ करोड ४५ लाख ४९ हजार ४४४ लागतमा ती पुलहरु निर्माण भएको कार्यालयले जनाएको छ । इन्जिनीयर शर्माले पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताउनुभयो । नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यसपटकको वर्षातमा राजमार्ग अवरुद्ध नभएको उहाँको भनाइ छ ।

सुविधासम्पन्न ‘रिफ्रेस सेन्टर’

यातायात व्यवस्था विभागले मध्यपहाडी ९पुष्पलाल० लोकमार्गअन्तर्गत दैलेखको साइँगाउँमा सुविधासम्पन्न रिफ्रेस सेन्टर निर्माण गरेको छ ।

रिफ्रेस सेन्टरमा महिला–पुरुष र अपाङ्गतामैत्री शौचालय, खानेपानी, खाजाघर, यात्रु प्रतीक्षालय, गार्डरुम, बाथरुम लगायतका संरचना निर्माण गरिएको छ । यातायात व्यवस्था विभागको रु तीन करोड ३५ लाख लागतमा मजदूर कन्स्ट्रक्शनले निर्माण जिम्मेवारी पाएको हो । विभागका साइड इन्जिनीयर धिरजकुमार साहले मध्यपहाडी लोकमार्गमा ३०÷३० मिटरको दूरीमा रिफ्रेस सेन्टर निर्माण गरिएको बताउनुभयो । यातायात व्यवस्था विभागले लामो रुटमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र यात्रुका लागि रिफ्रेस सेन्टर सञ्चालनको अवधारणा ल्याएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi