neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

Nov 26th, 2019

काठमाडौँ, १० मङ्सिर (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा जानुभएको थियो । उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । शल्यक्रिया सफल भएको छ ।

उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतलगायत संलग्न हुनुहुन्छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।