neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लेजेण्ड एल क्लासिकोमा रियलको जित

Jul 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ६

लेजेण्ड एल क्लासिकोमा रियल मड्रिडले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा रियल मड्रिडको लेजेण्ड टोलीले बार्सिलोनाको लेजेण्ड टोलीलाई ३-२ गोलले पराजित गरेको हो ।

ब्लूमफील्ड स्टेडियममा रियल मड्रिडलाई जित दिलाउन पेड्रो मुनिटिस,अल्फोन्सो पेरेज र डेल ला रेडले एक-एक गोल गरे । बार्सिलोनाका रोनाल्डिन्हो र जोफ्रे माटिउले एक-एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो। खेलको २८ औँ मिनेटमा रियलका एन्टोनियो नुनिजले बार्सिलोनाका जाभिएर स्याभिओला लाई लडाएपछि बार्सिलोनाले पेनाल्टी दिइएको थियो ।जसमा रोनाल्डिन्होले सहजै गोल गरे ।

खेलको ४२ औं मिनेटमा रियलका पेड्रो मुनिटिसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

लगत्तै ४४ औं मिनेटमा रियलका अल्फोन्सो पेरेजले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको ६० औं मिनेटमा बार्सिलोनाका जोफ्रे माटिउले गोल गर्दे खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७० औं मिनेटमा रियलका डेल ला रेडले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

यस अघि सन् २०१७ मा भएको खेलमा बार्सिलोनाले रियललाई ३–२ ले पराजित गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi