neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल बैंकको तीन अर्बको नौ प्रतिसत सिभिल बैंक ऋणपत्र २०८८ निश्कासन हुँदै

सिभिल बैंकको तीन अर्बको नौ प्रतिसत सिभिल बैंक ऋणपत्र २०८८ निश्कासन हुँदै

Jul 18th, 2021

काठमाडौ, साउन ३

सिभिल बैंकले सार्वजानिक निष्काशन गर्न लागेको एक हजार अंकित दरको ३० लाख कित्ता नौ प्रतिसत सिभिल बैंक ऋणपत्र २०८८ को प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ«्रे कृती क्यापिटलले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आज प्रत्याभूती सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ«े कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृतदिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका छन् ।

जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भएबमोजिम आवेदन प्राप्तहुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चार वटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले दुुई अर्व, ग्लोबल आइएमई क्यापिटलले ३० करोड, प्रभु क्यापिटलले ३५ करोड र माछापुच्छ«े कृति क्यापिटलले ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।