काठमाडौ, साउन ३
अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबिच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।
आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुुन ।