neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपोद्वारा रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको घोषणा, विश्वभरका यूवाहरुको सृजनात्मक सपना उजागर गर्ने लक्ष्य

ओपोद्वारा रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको घोषणा, विश्वभरका यूवाहरुको सृजनात्मक सपना उजागर गर्ने लक्ष्य

Jul 18th, 2021

काठमाडौ, साउन ३

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आधिकारिकरुपमा ओपो रेनोभेटर्स २०२१, ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरुको प्रतिस्पर्धा हुनाका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधि मार्फत भविस्यको सटिक कल्पना गर्न सघाउने प्ल्याटर्फमका रुपमा सघाउनेपनि ओपो रेनोभेटर्स २०२१को उद्देश्य रहेको छ । विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयिमान कलाकारहरुका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरुसंग प्रेरितहुँदै तिनका मार्गदर्शन प्राप्त गर्दै अमूल्य करियर अवसरहरु प्राप्त गर्न सघाउने सक्रिय समुदायको निर्माण गर्नेछ ।

ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरुलाई प्रविधि मार्फत आफ्ना श्रृजना तथा सोच प्रस्फूटनका लागि प्रेरित गर्छ । कार्यक्रमको ब्राण्ड ईनिशियटर (आरम्भकार)का रुपमा ओपोका उपाध्यक्ष तथा अध्यक्ष, ग्लोबल मार्केटिंग विलियम ल्यूले भने, ‘ओपोले सँधै नैश्रृजनात्मक यूवा पुस्ताका शक्ति माथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामू ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका यूवा पुस्ता माझबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’

प्रतिस्पर्धाका विभिन्न कोटीहरु मार्फत यस बर्षको विषय, प्रकाश माथि अन्वेषणका लागि असिमित तरिकाहरु खुल्ला छन् :

यस बर्षको रेनोभेर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख श्रोतका रुपमा प्रकाशलाई सँधैनै मायाँ तथा आशा जस्ता सकारात्मकताको प्रतिकका रुपमा लिने गरिन्छ । प्रकाशको न्यानोपन तथा चमक मार्फत शान्ति र आशावादको प्रत्याभुति दिन सकिने र यसै मार्फत यूवा रचनाकारहरुलाई कलाको नयाँ सिमा कोर्दै तिनको श्रृजनशिलताका लागि झिल्का प्रदान गर्न सकिने कुराप्रति ओपो आशावादी छ ।
ओपो रेनोभेटर्स २०२१को विषय, प्रकाश मातहत आर्ट टेक र आर्ट टोय गरी दूई ब्यवसायिक प्रतिस्पर्धाका कोटी सम्मिलित छन् । साथै, रचनात्मक उत्साहीहरुका लागि पोटे«टखिच्ने स्पर्धापनि राखिएको छ । आर्ट टेक कोटीमा यूवा कलाकारहरुले स्वतन्त्ररुपमा कला र प्रविधिको फ्यूजन प्रस्तुत गर्न सक्नेछन् । आर्ट टोय कोटीमा कलाकारहरुलाई ओपोको म्यासकोट, ओलीमा आफ्नो श्रृजनात्मक स्वतन्त्रता कलेक्टिबल डिजाइनर टोयका रुपमा प्रस्तुत गर्न सक्नेछन् । त्यसैगरी, पोट्रेट क्याप्चर कोटीमा प्रतिस्पर्धीहरुले पोट्रेट ईमेज वा भिडियो मार्फत मानव कथाहरु प्रस्तुत गर्न सक्छन् ।

भविष्यका उज्वल कलाकारहरुका लागि अवार्ड्स तथा ग्लोबल स्टेजेज्

ओपो रेनोभेटर्स २०२१ले कार्यक्रममा सहभागी प्रतिभावान कलाकारहरुको विकासका लागि ओपोको ग्लोबल संसाधन प्रयोगमा ल्याउनेछन् । विभिन्न उपहार तथा अवार्डका साथै छनोटमा परेका कलाहरु लन्डन डिजाइन फेस्टिवल र दुबई वल्र्ड एक्स्पो जस्ता ग्लोबल एग्जिबिशन तथा ग्लोबल अनलाइन एग्जिबिशनहरु मा प्रदर्शित हुने अवसर प्रदान गरिने जानकारी दिइएको छ । साथै, रेनोभेटर्स २०२१मा सहभागिता जनाउने यूवा डिजाइनर्सले ओपोको अनुबन्धित डिजाइनर हुँदै ब्यवसायिकरुपमा आफ्नो रचनात्मक सोचलाई सार्थकता प्रदान गर्ने अवसर समेत हात पार्न सक्नेछन् ।

ओपो रेनोभेटर्स २०२१को आयोजना विश्वका उत्कृष्ट आर्ट तथा डिजाइन संस्थाहरु संगको मात्र सहकार्यमा नभइ यसमा चर्चित कलाकार तथा डिजाइनरहरु निर्णायक मन्डलीमा सम्मिलित छन् । सम्मिलित चर्चित नामहरुमा लेजेन्डरी अन्तरराष्ट्रिय डिजाइनर तथा भिडियो आर्ट गेरी हिलका संस्थापकहरु मध्यका एक कासिवा साटो, अडियोभिज्यूअल आर्टिस्ट ¥योची कूरोकावा र ब्राण्डिंग कन्सल्ट्यान्ट टोम्मि ली रहेका छन् ।

ओपो रेनोभेटर्स २०२१मा भाग लिन तथा थप जानकारीका लागि ओपो रेनोभेटर्स २०२१को आधिकारिक वेभसाइट https://campus.oppo.com/en/ मा जान सकिन्छ । प्रतिस्पर्धामा सहभागिताका लागि आर्टवक्र्स अगस्ट २९, २०२१ जीएमटी २४ः०० भन्दा अगाडी सबमिट (बुझाउनु) पर्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा सेप्टेम्बर १८, २०२१को जीएमटी २४ः०० भन्दा अगाडी घोषणा गरिने जानकारी दिइएको छ ।