neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी बैंकका प्रमुख कार्यकारी अधिवृmत सुरेन्द्र भण्डारीको सफल कार्यकालको समापन

कुमारी बैंकका प्रमुख कार्यकारी अधिवृmत सुरेन्द्र भण्डारीको सफल कार्यकालको समापन

Jul 16th, 2021

काठमाडौ, साउन १

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिवृmत सुरेन्द्र भण्डारीले असार ३१ गते बाट ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएकाछन । कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुखकार्यकारी अधिवृmत रहेका अनुज मणि तिमिल्सिनालाई आज शुुक्रबार देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिवृmत तोकिएको छ ।

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको जानकारी कुमारी बैंक लिमिटेडले दिएको छ । उहाँको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोन्नती गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यहीकार्यकालमा ७ सात विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवःविकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निवैm फराकिलो पारेको थियो ।

बैंकको सञ्चालक समितिको बैठकमा सुरेन्द्र भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएकाछन ।