neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ९३६ जनामा कोरोना सङ्क्रमण, १७७५ जना डिस्चार्ज, ४३ को मृत्यु

थप २ हजार ९३६ जनामा कोरोना सङ्क्रमण, १७७५ जना डिस्चार्ज, ४३ को मृत्यु

Jul 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १ साउन

शुक्रबार थप २ हजार ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १४ हजार १८२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ६४ हजार ५७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार १८२ जनाको परीक्षण भएको छ । हालसम्म ३४ लाख ५६ हजार १९९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १७७५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १७७५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख २८ हजार २४३ पुगेको छ ।

थप ४३ को मृत्यु

पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ पुगेको छ।