आधारभूमि संवाददाता
काठमाडौं, श्रावन १
सोधनान्तर स्थिती २२ महिनापछि पहिलो पटक घाटामा जाँदा यसले बिदेशी मुद्रा सञ्चिती पनि घटाएको छ। आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
बढ्दो आयातका कारण मुलुक सोधनान्तर घाटामा गएको हो । मुलुक सोधनान्तर घाटामा जाँदा बिदेशी मुद्रा सञ्चिती समेत गत असारको तुलनामा ३६ अर्बले कमि आएको राष्ट्र बैकको तथ्यांक छ ।
बाहिरिने रकम बढि र भित्रिने रकम कम भएसँगै मुलुको बिदेशी विनिमय सञ्चिती पनि खस्केको छ। २०७७ असार मसान्तमा .१४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा .१३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ जेठ मसान्तमा २.३ प्रतिशतले कमी आई .११ खर्ब ९७ अर्ब ६५ करोड कायम भएको नेपाल राष्ट्र बैंक बताउँ छ ।
यसबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ४.४ प्रतिशतले कमी आई .१ खर्ब ६८ अर्ब कायम भएको छ ।
गत बैशाखसम्म पनि बचतमा रहेको सोधनान्तर स्थिती जेठमा आएर पुन घाटामा गएको छ । महामारीका बिचमा पनि बढ्दो आयातका कारण मुलुक सोधनान्तर घाटामा जान पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा शोधनान्तर स्थिति .१५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति जृेठ महिनामा १४ करोड ८ लाखले घाटामा रहेको राष्ट्र बैंक बताउँछ ।
खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई .१६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको थियो ।
बैदेशिक लगानीमा कमि आएका बेलामा आयात भने उच्च भएको छ । एघार महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो ।
खर्च बढेका बेलामा यता खुद सेवा आय .५८ अर्ब १० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय .१ अर्ब २३ करोडले घाटामा रहेको थियो ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८८.६ प्रतिशतले कमी आई ६ अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय .५८ अर्ब ६३ करोड रहेको थियो ।
त्यस्तै भ्रमण व्यय ४०.९ प्रतिशतले कमी आई .३० अर्ब ६५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय .२३ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय .५१ अर्ब ८३ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.२५ अर्ब १२ करोड रहेको नेपाल राष्ट्र बैंक बताउँछ ।
विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई .८७० अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।