neapl investment mega bank
  • गृहपृष्ठ
  • बाढी पीडित मेलम्ची तथा चामे मनाङ्गबासीलाई नेपाल बैंकद्वारा साढे आठ लाख रुपैया सहयोग

बाढी पीडित मेलम्ची तथा चामे मनाङ्गबासीलाई नेपाल बैंकद्वारा साढे आठ लाख रुपैया सहयोग

Jul 16th, 2021

काठमाडौं, श्रावन १

पटक पटक बिभिन्न किसिमका प्राकृतिक प्रकोप तथा बिपदहरु भोग्दै आएको सिन्धुपाल्चोक जिल्लामा यही २०७८ असार १ गते परेको अबिरल बर्षा तथा मेलम्ची तथा ईन्द्रावती नदीमा आएको बिनाशकारी बाढीले उक्त जिल्लाको मेलम्चीनगरपालिकामा पर्ने मेलम्चीबजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, स्थानीय बासिन्दाहरु प्रभावित भै बिस्थापित समेत भएका र मेलम्चीबजार तथा सो आसपासका बिभिन्न भौतिक संरचनाहरु पूर्ण तथा आंशिक क्षतिभएको अबस्थामा पिडितजनतालाई सहयोग गर्न नेपाल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहतस्वरुप चार लाख ५० हजार रुपैया उक्त नगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी हिमालपारीको दुर्गम जिल्ला मनाङ्गमा मिति २०७८ जेष्ठ १४, ३१ र आषाढ १ गते आएको अबिरल बर्षा तथा मस्र्याङ्गदी नदी तथा अन्य सहायक खोलाहरुमा आएको भिषण बाढीका कारणले उक्त जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकास्थित चामे बजार क्षेत्र तथा आसपासका बिभिन्न क्षेत्रका भौतिक संरचनाहरु तथा ब्यक्तिगत सम्पत्तिहरुको ब्यापक क्षति भएको तथा ढुवानी समस्याले गर्दा खाद्यान्न अभाव भएको अवस्था रहेको हुँदा यस्तो अकल्पनीय दैवीप्रकोपबाट प्रभावित भएका चामे गाउँपालिकाका पिडित जनताहरुका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राहत स्वरुप चार लाख रुपैंया आर्थिक सहयोग उपलब्ध गराउने निर्णय बैकले गरेको छ ।