neapl investment mega bank
  • गृहपृष्ठ
  • आइएमई पे र दराजवीच सम्झौता, दराजको समान आइएमई पेबाट भुक्तान आईफोन १२ लगायतका थुप्रै उपहार

आइएमई पे र दराजवीच सम्झौता, दराजको समान आइएमई पेबाट भुक्तान आईफोन १२ लगायतका थुप्रै उपहार

Jul 16th, 2021

काठमाडौं, श्रावन १

आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।
साथै, यहिँ साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आईफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सक्नु हुनेछ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गर्नुभएको छ ।

बुधवार पानीपोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकवीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।