neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बिजुलीमा आत्मनिर्भर हुने घोषणाका तीनवर्षपछि ६३ प्रतिशत उज्यालो भारतको भरमा

बिजुलीमा आत्मनिर्भर हुने घोषणाका तीनवर्षपछि ६३ प्रतिशत उज्यालो भारतको भरमा

Jul 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, श्रावन १

तीन वर्षअघि उर्जा मन्त्रालयले स्वेतपत्र जारी गर्दै तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने घोषणा गरेको थियो । तर, तीन वर्ष यताको अवस्था हेर्ने हो भने अहिले पनि देशमा खपत बिद्युतमध्ये ६३ प्रतिशत बिद्युत भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।

अधिकांश सरकारी योजनाहरुमा छिमेकी मुलुकमा बिजुली बेचेर पैसा कमाउने सपना देखिएको हुन्छ ।उर्जा मन्त्रालयले तीन वर्ष अघि तयार पारेको स्वेतपत्र अनुसार यो वर्षसम्ममा देश बिजुलीमा आत्मनिर्भर भएसक्नु पर्ने हो तर अहिले पनि भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता हटेको छैन । बिद्युत आयातका लागि नै वर्षेनी २० अर्ब रकम बाहिरिने गरेको छ ।

तीन वर्षअघि बिद्युत जडित क्षमता १ हजार ७३ मेगावाट र माग १३ सय मेगावाट थियो । अहिले विद्युत जडित क्षमता १६ सय ८ मेगावाट पुगेको छ । यता माग १४ सय ५५ मेगावाट रहेको नेपाल विद्युत प्राधिकरण बताउँछ । माग अनुसारको उत्पादन गर्न नसकेकाले अहिले ६३ प्रतिशत बिजुली भारतमा भर पर्नुपरेको छ ।

प्राधिकरणबाट सञ्चालित आयोजनाबाट ५ हजार ६ सय मेगावाट आवर , निजीबाट सञ्चालित आयोजनाबाट ४ हजार ५ सय बिद्युत उत्पादन भइरहेको छ । तर पिक समयमा बिजुलीको माग धान्नका लागि भने भारतबाट अहिले १८ हजार २ सय ३६ मेगावाट आयात गर्नुुपरेको छ ।

बाढीका कारण १ सय २० मेगावाट बराबरका आयोजनाको उत्पादन रोकिएको र प्रसारण लाइन अभावका कारण १ सय ५० मेगावाट खेर गएकाले भारतको बिजुलीमा भर पर्नुपरेको हो ।

महामारीका कारण यो वर्ष १६ सय मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएकामा दुई सय मेगावाट हाराहारीका आयोनजना मात्रै प्रसारणलाइनम जोड्न संभव भएको प्राधिकरणको भनाई छ । देश बिजुलीमा आत्मनिर्भर बन्नका लागि अझै थप ५ वर्ष लाग्ने प्राधिकरण बताउँछ । जबकी ३ वर्ष अघि तयार पारिएको स्वेतपत्रमा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिइएको थियो । ५ हजार मेगावाट भारतमा बिजुली निर्यात गर्ने भनेपनि भारत अहिले यसमा खास सकारात्मक देखिएको छैन ।

सरकारी घोषणाहरु बिना अध्ययन गरिएका हुन्छन् भनेर अहिले प्रमाणित भएको छ । बिजुलीमा आत्मनिर्भर हुने भनिएको समयमा देशमा भारतको आधाभन्दा बढि बिजुली त्यो पनि वर्षातको समयमा प्रयोग गर्नुपरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi