neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुनर्निर्माणमा खटिएका प्राविधिकको संचार तथा यातायात खर्च निकासा

पुनर्निर्माणमा खटिएका प्राविधिकको संचार तथा यातायात खर्च निकासा

Jul 14th, 2021

काठमाडौं, असार ३०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको संचार तथा यातायात खर्च निकासा भएको छ ।भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालु आर्थिक वर्ष २०७७र७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो ।

लामो समयदेखि निकासा हुन नसकेको संचार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे ।असार १३ गते प्राविधिकहरुको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरुले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो ।त्यसअघि, असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुलाई संचार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi