neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • २ सय ९ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

२ सय ९ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

Jul 14th, 2021

मकवानपुर, असार ३०

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिउम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् । हेटौंडाबाट बारातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याउँदै गरेको गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिीम राजमार्गमा ना.६ ख ३७४१ नम्बरको कन्टेनरबाट ४० किलो अवैध लागूऔषध गाँजा सहित नुवाकोट बेलकोटगढी नगरपालिका–४ बस्ने १९ वर्षीय दिपक गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कन्टेनरमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी कन्टेनर सहचालक गुरुङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi