काठमाडौ, असार २८
कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटबिच सम्झौता भएको छ । बैकका अनुसार एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुुन आउने एक अर्ब रुपैयाँ बराबरको नौ प्रतिसत कामना सेवा बिकास बैंक ऋणपत्र २०८८ ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।
बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा आज आईतबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुुन ।
कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न रहेकाछन । ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंकका हाल १२८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ ।