neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ३७० जनामा कोरोना सङ्क्रमण, ११३३ जना डिस्चार्ज, १८ को मृत्यु

थप २ हजार ३७० जनामा कोरोना सङ्क्रमण, ११३३ जना डिस्चार्ज, १८ को मृत्यु

Jul 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २८ असार

सोमबार थप २ हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ५८४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ५७ हजार १३९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५८४ जनाको परीक्षण भएको छ । हालसम्म ३४ लाख २३ हजार १६४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ११३३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ११३३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख २१ हजार २७ पुगेको छ ।

थप १८ को मृत्यु

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४०० पुगेको छ।