neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकप फुटबलको उपाधि

इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकप फुटबलको उपाधि

Jul 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २८
इटलीले युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इटलीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै ५३ वर्षपछि युरोकप फुटबलको उपाधि जितेको हो ।

खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा इटाली ३–२ ले विजयी भयो ।

इटालीका लागि पेनाल्टी सुटआउटमा डोमिनिको बेराडी,लियोनार्डो बोनुची र फेडरिको बर्नार्डिचीले गोल गरेका थिए भने एन्ड्रिया बेलोट्टी र जर्जिन्होको प्रहार इंग्ल्याण्डका गोलकिपरले बचाएका थिए ।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गर्न सफल भए। मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने जाडोन सान्चो र बुकायो शाकाको प्रहार इटालीका गोलकिपरले बचाएका थिए ।

त्यसअघि पेनाल्टीमा जानु अघि इंग्ल्याण्डले खेलको दोस्रो मिनेटमा अग्रता लिएको थियो।इंग्ल्याण्डका लुक शले किएरन ट्रिपिएरको क्रसमा गोल गरेका थिए ।

तर ,खेलको ६७ औं मिनेटमा इटालीका लियोनार्डो बोनुचीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

जितसँगै इटालीले ५३ वर्षपछि युरोकप फुटबलको उपाधि जितेको छ । इटालीले यस अघि सन् १९६८ मा युरोकप फुटबलको उपाधि जितेको थियो भने सन् २००६ मा विश्वकप फुटबलको उपाधि जितेको ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi