neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

भरुवा बन्दुक सहित २ जना पक्राउ

Jul 11th, 2021

वाग्लुङ, असार २७

निसिखोला गाउँपालिका–४ माझपाखा बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साथै निसिखोला गाउँपालिका–४ थापागाउँ बस्ने ४६ वर्षीय नर बहादुर कुँवरलाई समेत १ थान एक नाले भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिवाखोला वाग्लुङबाट खटीएको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi