neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी सरोकार र महिला समुहहरुको सहकार्यमा गोदावरी नगरपालिकाको विभिन्न ५ स्थानमा वृक्षारोपण तथा बिरुवा बितरन सम्पन्न

गोदावरी सरोकार र महिला समुहहरुको सहकार्यमा गोदावरी नगरपालिकाको विभिन्न ५ स्थानमा वृक्षारोपण तथा बिरुवा बितरन सम्पन्न

Jul 11th, 2021

-बेबि राजभण्डारी

ललितपुर,असार ,२७

गोदावरी सरोकार नामक सस्था र गोदावरी नगरपालिका भित्रका विभिन्न वडाका महिला समुहको सहकार्यमा गोदावरी नगरपालिकाका वडा.न-१ गोदामचौर; गोदावरी नगरपालिका २ बिशन्खुनारायन, पात्लेछप ;सगोदावरी नगरपालिका ४, बडिखेल; गोदावरी नगरपालिका ९ छम्पि र गोदावरी १४ ठैबमा शनिबार गुर्जो, तेजपात, कोइरालो लगायतका औसधिय गुणका बिरुवा रोपन तथा गुर्जो चिया , धुलो, बिरुवा निशुल्क बितरन गरिएको छ।

जन प्रतिनिधि , प्रहरी प्रशासन , गुर्जो अभियन्ता कमल बहादुर राजलवट , योग गुरु किशोर जोशी, गोदावरी अभियन्ता, गोदावरी सरोकार सदस्य, महिला समुहका पदाधिकारी र स्थानियको सम्लग्नतामा भएको कार्यक्रममा गुर्जो अभियन्ता राजलवटले गुर्जोको लाभको बिषयमा जानकारी दिनुका साथै योग गुरु किशोर जोशिले योग सिकाएका थिए । गोदावरी सरोकारका अध्यक्ष बेबि राजभण्डारीको सभा अध्यक्षतामा भएको कार्यक्रम मध्य गोदावरी ४ बडिखेलमा भएको कार्यक्रममा वडासदस्य कृष्ण मुरारी घिमिरे, महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक ऋषिराम पाण्डे ,महिला शसक्तिकरन आमा समूहका अध्यक्ष कमला पहरी र सदस्यहरुको सहभागिता रहेको थियो ।

गोदावरी -१, गोदामचौरमा महानगरिय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी टोलि , अभियन्ताहरु युबराज थापा, सुबोध थापा, दिलेन्द्र थापा, कुन्ता थापा, रजनी थापा ,सावित्री बिष्ट लगायत युबा तथा स्थानिय महिलाहरुको सहभागिता रह्यो ।

गोदावरी १४ ठैब, लाखे टोलमा महानगरिय प्रहरी प्रभाग बाडेगाउका प्रतिनिधि, फुल्चोकीमाइ महिला बिकास समुहका अध्यक्ष सुशिला श्रेष्ठ ,कोष अध्यक्ष गिता पुतवार तथा महिला सदस्यहरु र स्थानियको सहभागिता रह्यो ।

गोदावरी ९ छम्पी भएको कार्यक्रममा गोदावरी ९ का वडा अध्यक्ष आत्माराम थापा, प्रहरी प्रभाग छम्पीका प्रतिनिधि , इटाहिटि नगरकोटि पासा कृषि महिला समूह अध्यक्ष बिना नगरकोटि तथा महिला सदस्यहरु र स्थानियको सहभागिता थियो ।

त्यसैगरी गोदावरी २ बिशन्खुनारायण , पात्लेछाप मा भएको कार्यक्रममा प्रहरी प्रभाग गोदावरी का प्रहरी सहायक निरीक्षक भिम कोइराला , अभियन्ताहरु शेक्गर गिरि ,पुष्कर गिरि, पृया पुतवार, सुरज श्रेष्ठ लगायतको सम्लग्नतामा बृछ्यारोपन तथा बिरुवा निशुल्क बितरन गरिएको थियो ।
कार्यक्रमको उदेश्य स्वस्थ रहन खानपान तथा योग को महत्व दर्शाउनुका साथै बृक्षारोपन रहेको जानकारी गोदावरी सरोकारका कोषाध्यक्ष सबिना श्रेष्ठले जानकारी दिनुभएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi