आधारभूमि संवाददाता
ललितपुर, असार २५
सरकारले देशै भरी जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै लगाउदै आएको चाइनिज भेरो सेल खोप ललितपुरको महालक्ष्मी नगरपालिकाले भने ६६ प्रतिशत यूवा १८ देखि ४५ वर्ष उमेरका नागरिकलाई लगाएको बुझिएको छ । खोप केन्द्रहरु पनि सरकारले शून्य खर्चमा लगाउने निर्देशन हुँदा हुँदै पनि आलिशान पार्टी प्यालेसहरुमा पैसा खर्च गरेर खोप केन्द्र राखेको पाइएको छ ।
स्थानीय सरकारको बजेटबाट निर्मित करोडौं खर्चेर निर्माण भएको वडा भवन तथा स्थानीय विद्यालय समेत बन्द भएको समयमा पनि रकम खर्च गरी पार्टी प्यालेसलाई खोप केन्द्र बनाउनु ठूलै आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ । यस विषयमा ललितपुरको महालक्ष्मी नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृत पुरुषोत्तम सापकोटासंग बुझ्दा सबै वडा अध्यक्षहरुको जिम्मा दिएका छौ, शून्य खर्चमा हुने र जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखी सम्मान हुनु पर्नेमा उल्टै खोप अपुग गरी ४ घण्टा लाइनमा बस्नु परेको गुनासो आइरहेको छ । यदि सही भएमा हामी छानवीन गरी एक्सन लिने बताउदै वडा अध्यक्षहरुले युवाहरुलाई खोप लगाएकोे गुनासो आइरहेको बताए ।
अर्का जन स्वास्थ्य निरीक्षक भरत सरका अनुसार आज दशै वडामा ४७०० सय खोप पठाएको छौं ,पार्टी प्यालेसलाई खोप केन्द्र बनाउने विषयमा हामीले शुन्य खर्चमा लगाउन अनुरोध गरेका छौं । पार्टी प्यालेस वा सामुदायिक भवनमा खोप लगाउने सबै वडा प्रमुखको जिम्मा हो, उहाँहरुलाई सोध्नुस भनी बताए । यस विषयमा कुरा गर्दा वडा .नंं. ७ का वडा अध्यक्षसंग बुझ्दा हामीले सर्वप्रथम जेष्ठ नागरिक ६० देखि ६४ उमेरका पहिलो प्राथमिकताका लाई खोप दिएको हो बाँकी खोप अन्य उमेर समूहकालाई दिएको बताए । स्वास्थ्य कार्यालय चाङाथलीका स्वास्थ्य शाखा प्रमुख अजय केशरीका अनुसार पहिलो खोप लगाई कार्ड भएका ६१८ जना, १८ देखि ९० उमेरका ६१८ लाइ भेरो सेल खोप लगाएको आधारभूमिलाई जानकारी गराए । अन्तमा आधारभूमिले चादनी व्यांञ्केटका संचालक महेन्द्र महर्जनसंग बुझ्दा खोप केन्द्र भाडामा कि निशुल्क हो बोल्न चाहेनन् ।