neapl investment mega bank
  • गृहपृष्ठ
  • सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर लगाउन सांसद तोसिमा कार्कीको माग

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर लगाउन सांसद तोसिमा कार्कीको माग

May 24th, 2026

काठमाडौं, जेठ १०

तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर बढाएर कम्तीमा ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेकी छन् ।

सार्वजनिक स्वास्थ्य करसम्बन्धी कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद तथा स्वास्थ्य विभाग प्रमुख कार्कीले जनस्वास्थ्य सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति आवश्यक रहेको बताइन् ।

कार्कीका अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम, करिब ४१ प्रतिशत मात्रै कर लाग्दै आएको छ । पर्याप्त कर वृद्धिले मात्रै उपभोग घटाउने र त्यसबाट उत्पन्न रोगको भार कम गर्न सकिने उनको भनाइ छ ।

उनले सुर्तीजन्य पदार्थले क्यान्सरका साथै रक्तनलीसम्बन्धी गम्भीर रोग निम्त्याउने उल्लेख गर्दै यसले नागरिकको उत्पादकत्व घटाउनुका साथै राज्यलाई थप आर्थिक भार पर्ने बताइन् ।