neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत “कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा” लगानी

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत “कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा” लगानी

May 21st, 2026

काठमाडौं, जेठ ७

साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौता बमोजीम “सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२” कार्यान्वयन सुरु भएको छ ।

स्विजरल्याण्ड सरकारको Swiss Agency for Development and Cooperation र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायहरुमा प्रवाहित हुने कर्जाको सुरक्षणका लागि प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच स्थापना भएको “कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष” बाट कर्जा सुरक्षण हुने गरी योजना सञ्चालन गर्न लागिएको हो ।

यस योजना अन्तर्गत बैंकको RBB SME Loan प्रोडक्ट पेपरको अधिनमा रही साना तथा मझौला स्तरका कृषि, उद्योग, सेवा व्यवसाय आदि क्षेत्रमा रु. ३० लाख देखि रु. ३ करोड सम्मको कर्जा प्रवाह गरिनेछ । उक्त कर्जामा बैंकको नियमानुसार न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरिएको छ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१४ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३३४ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई विभिन्न किसिमका कर्जा, निक्षेप सहित आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।