काठमाडौं, जेठ ४
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डलाई ६ विकेटले हराएको छ ।
यो जितसँगै नेपाल लिग–२ को पाँचौँ स्थानमा समेत उक्लिएको छ । नेपालले समान २२ अंक बनाएको नामिबियालाई रन रेटले पछाडि पारेको हो ।
२२ अंक जोडेको नेपालले २७ खेलमा १० जित र १५ हार व्यहोरेको छ । टोलीको दुई खेल भने रद्द भएको थियो । नेपालले पाँचौँ स्थानमा उक्लने क्रममा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य ३८ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले ७४ रनको अर्धशतकीय पारी खेले ।
पराजित स्कटल्याण्ड भने हारका बाबजुद ३८ अंकका साथ शीर्ष स्थानमा कायम छ । स्कटल्याण्डले ३१ खेलमा १६ जित र नौ हार व्यहोरेको छ । टोलीको ६ खेल भने रद्द भएको थियो