neapl investment mega bank
  • गृहपृष्ठ
  • शुक्रबारदेखि काठमाडौँमा नेपाल हस्तकला एक्स्पो आयोजना हुँदै

शुक्रबारदेखि काठमाडौँमा नेपाल हस्तकला एक्स्पो आयोजना हुँदै

May 18th, 2026

काठमाडौं, जेठ ४

नेपाल हस्तकला महासंघको आयोजनामा जेष्ठ ८ गतेदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने भएको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै जेष्ठ ८ गतदेखि १० गतेसम्म काठमाडौंको अम्रपाली एभेन्टमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने जनाएको हो ।

हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला एक्स्पो आयोजना गरिएको महासंघी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिए।

एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगाएत अन्य नेपाली निकासी संभाव्यता भएका बस्तुहरुको करिव ७० वटा स्टल रहने उनले बताए।

मेलाको आकर्षणको रुपमा हस्तकला प्रदर्शनी तथा बिक्रि कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन, स्थानीय उद्योगी, कलाकार/कालीगढहरुको सीप प्रदर्शन लगाएत रहेको महासंघले जनाएको छ ।