काठमाडौं, बैशाख २९
सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री कार्यालय मातहत रहेको कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती कम्पनीलाई सार्वजनिक खरिद ऐन–२०६३ अनुसार कालोसूचीमा राखिएको जनाएको छ ।
समयमै जिम्मा लिएको काम पूरा नगरेपछि निर्माण कम्पनीहरूलाई एक वर्षदेखि डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
