neapl investment mega bank
  • गृहपृष्ठ
  • वैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने तयारी तीव्र

वैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने तयारी तीव्र

May 10th, 2026

काठमाडौं, बैशाख २७

परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तीव्र तयारी थालेको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षा यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ ।