neapl investment mega bank

पाटन अस्पतालको पार्किङ शुल्क खारेज

Apr 26th, 2026

काठमाडौं, बैशाख १३

स्वास्थ्य उपचारकै क्रममा थप शुल्कको मार खेप्दै आएका बिरामी र बिरामी कुरुवालाई राहत दिँदै उच्च अदालतले पाटन अस्पतालको पार्किङ शुल्क असुली गर्ने निर्णय बदर गरेको छ ।

ऋषि राजभण्डारी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा सेवाग्राहीबाट पार्किङ शुल्क असुल्दा उनीहरूमाथि थप आर्थिक भार पर्ने ठहर गर्दै उक्त निर्णय उत्प्रेषणको आदेशमार्फत खारेज गरेको हो ।

अदालतले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा उपचार लिन आउने सर्वसाधारणलाई अनावश्यक आर्थिक दबाब दिन नहुने भनेको छ ।