neapl investment mega bank
  • गृहपृष्ठ
  • वालेन सरकारसँग जनताको माग–राजस्व छल्ने व्यापारीमाथि पनि कारबाही अघि बढाइयोस्

वालेन सरकारसँग जनताको माग–राजस्व छल्ने व्यापारीमाथि पनि कारबाही अघि बढाइयोस्

Apr 23rd, 2026

काठमाडौं, बैशाख १०

मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटले राज्यलाई चार अर्ब ४५ करोड रुपैयाँ राजस्व तिरेको छैन । सर्वोच्च अदालतले केही वर्षअघि यो ठहर गर्दै राजस्व तिर्न आदेश जारी गरेको थियो । त्यसैगरी, बालुवाटारस्थित ललिता निवासको सयौं रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंले गुरुङलाई दोषी ठहर गर्दै ८० लाख जरिवाना र दुई वर्ष कैदको सजाय सुनाएको थियो ।
यद्यपि, यो मुद्दामा गुरुङ उच्च अदालत गएका छन् । राज्यलाई राजस्व नतिर्ने, मजदुर शोषण गर्ने अनि जनता लुट्ने भाटभटेनीले नेकपा एमालेलाई भने कार्यालय बनाइँदैछ । कीर्तिपुरमा दश रोपनी १४ आना जग्गामा गुरुङले एमालेका लागि भव्य पार्टी कार्यालय बनाइँदैछन् । भाटभटेनीमा हरेक सामानको मूल्य बाहिरको तुलनामा दश गुणा बढी छ । त्यहाँ बिहान ७ बजेदेखि राति ९–१० बजेसम्म काम लगाइन्छ ।
शनिबार पनि बिदा दिइँदैन । सार्वजनिक बिदाका दिनसमेत काममा लगाइन्छ । तर, तलब भने महिनाको ८ हजारदेखि बढीमा १५ हजार छ । जबकी कानून भन्छ–श्रमिकलाई साढे २१ ह्जार रुपैयाँ पारिश्रमिक दिनुपर्छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममात्र काममा लगाउन पाइन्छ । सार्वजनिक बिदाका दिन काममा लगाउन पाइँदैन । श्रमिक उपचार हुँदा खर्च र दशैं पेश्की पनि दिनुपर्छ । तर, भाटभटेनीमा यस्तो केही छैन । त्यहाँ केबल काममात्र लगाइने अधिकांश श्रमिकको गुनासो छ । भाटभटेनीसँगै विभिन्न व्यापारी, व्यवसायी, उद्योगीले पनि राज्यलाई कर तिरेका छन् । उद्योगीहरुले विद्युत महसुलको अर्बौ बक्यौता तिरेका छैनन् । यता, कर तिरेपनि पर्याप्त तिरिएको छैन । अर्थात् कम नाफा भएको देखाई राजस्व छलिएको छ । त्यसैले, अब बालेन सरकारले हरेक उद्योगी, व्यापारी, व्यवसायीमाथि छानबिन अघि बढाउनुपर्छ ।
बजारमा आम सर्वसाधारण सरकारसँग माग गर्छन्–राज्यलाई कर नतिर्ने हरेक व्यापारी, व्यवसायी र उद्योगीमाथि कारबाही गरियोस् । जनता ठग्ने राज्यलाई राजस्व छल्ने सबैलाई कानूनी दायरामा ल्याउनुपर्छ । सरकार वैदेशिक ऋण लिनतर्फ होइन, राजस्व उठाउनतर्फ केन्द्रित हुनुपर्छ । मुलुकभित्र राजस्वको स्रोत यतिधेरै छ कि सरकार आफैं आश्चार्यचकित पर्नसक्छ । करोडौंको हाराहारीमा घर छन् । एउटै व्यक्तिको दुईदेखि ६७ वटासम्म घर छ । उनीहरुले एउटै घरमा करोडौं लगानी गरेका छन् । घर भाडामै लगाएर उनीहरु मासिक लाखौं–करोडौं कमाउँछन् ।


अहिले काठमाडौं उपत्यकासहित शहरी इलाका, सदरमुकाममा एउटा कोठाको पाँच हजारदेखि २५ हजार, सटरको २० हजारदेखि २१ लख, फ्ल्याटको ३० हजारदेखि तीन लाखसम्म भाडा छ । खाली सटर त २० लाखदेखि ६० लाखमा किनबेच हुने गरेको छ । भाडा त चर्को असुलिन्छ नै बत्ती, पानी, फोहोर, इन्टरनेटको पनि मनलाग्दी शुल्क उठाइन्छ । कानूनमा स्पष्ट भनिएको छ कि घर भाडामा लगाएको रकमको दश प्रतिशत बहालकर तिर्नुपर्छ । तर, हामीकहाँ तिरिँदैनन् । घरधनीहरु आफ्नो घर वर्षौदेखि खाली रहेको, साथीभाइ, आफन्त सित्तैमा बसिरहेको, डेराबहालले भाडा नतिरेको वा सस्तोमा भाडामा लगाएको बहाना बनाउँछन् अनि कर तिर्दैनन्–छल्छन् । त्यसैले, अब सरकारले वडाबाट कर्मचारी हटाएर घरबहाल कर उठाउनुपर्छ । साथै, डेराबहाल लुट्ने, राज्यलाई छल्ने घरधनीहरुलाई कारबाही गर्नुपर्छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअधि निजामती कर्मचारीलाई १५–१५ दिनमा तलब दिने निर्णय गरे । तर, तलब खुवाउने राजस्व स्रोतको खोजीमा उनको चासो देखिँदैन । अर्कोतर्फ, ऐन संशोधन नगरी हचुवाको भरमा अर्थमन्त्रीले सो निर्णय गरेका छन् । अहिले तीन करोड माथिको घरजग्गा कारोबार गर्दा अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था छ । अब सरकारले तीन करोडमाथि मात्र होइन, हरेक घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य गर्नुपर्छ । किनकि यहाँ त दश करोडको घरजग्गालाई राजस्व तिर्नुपर्छ भनेर एक–दुई करोड बताइँदै आएको छ । र, त्यसैअनुरुप नामसारी गरिन्छ । यसकारण सरकारले अब जतिसुकै मूल्यको घरजग्गा कारोबार गर्दासमेत लाइसेन्स अनिवार्य गर्नुपर्छ । वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकार गठन भएको एक महिना हुन लागेको छ । यसबीचमा स्मरणयोग्य र तारिफलायक सरकारको एउटै काम छैन । यो सरकारसँग जनताको अधिक आशा छ तर एक महिनामै जनता निराश हुन थालेका छन् ।

त्यसैले, अब सरकार तातिनुपर्यो । सरकार बनेयता दुईपटक वैदेशिक ऋण लिइसकिएको छ । तर, राजस्व उठाउनतर्फ भने सरकारको ध्यान छैन । अहिले घरैपिच्छे व्यापारव्यवसाय सञ्चालन भएका छन् । थरीथरीका पसल खुलेका छन् । त्यहाँ मानिसहरुको लर्को देखिन्छ । व्यापारव्यवसाय गरेरै मानिसहरुले घरजग्गा जोडेका छन् । यद्यपि, सरकारले त्यसबापत केही पाएको छैन । किनकि ती व्यवसाय दर्ता नै भएका छैनन् । बजारमा सञ्चालित अधिकांश व्यापार व्यवसाय दर्ता भएका छैनन् । अर्थात् ९९ प्रतिशत व्यवसाय दर्ताबेगर सञ्चालन भइरहेका छन् । सुनदेखि नुन पसलसम्म दर्ता भएको छैन । सरकारको यसतर्फ आँखा गएको छैन । हरेक व्यवसाय दर्ताका निम्ति वडाबाट कर्मचारी खटाउन निर्देशन दिँदैनन्, अर्थमन्त्री वाग्ले । आउँदो जेठ १५ गते बजेट ल्याइँदैछ । अहिले बजेट तयार हुँदैछ । बजारमा व्यापक चर्चा छ–बजेटमार्फत सरकारी कर्मचारीको तलबभत्ता बढ्छ । कर्मचारीको तलबभत्ता बढ्नेबित्तिकै जनप्रतिनिधिको पनि बढ्छ । तर, अहिले नै तलब खुवाउन मुस्किल परिरहेको अवस्थामा तलबभत्ता बढाएमा झन् कसरी खुवाउनु ?
यदि तलबभत्ता बढाउने हो भने राजस्व पनि सोहीअनुरुप बढाउनुपर्यो नि । यद्यपि, अर्थमन्त्री वाग्लेमा राजस्वको चिन्ता देखिन्न । किनकि सरकार वैदेशिक ऋण स्वीकृतमै व्यस्त छ । यदि सरकार साँच्चिकै राजस्व उठाउन चाहन्छ कि कर्मचारी कटौती गथ्र्यो, करार, ज्यालादारी, अस्थायी कर्मचारीलाई हटाउँथ्यो । स्थायी कर्मचारी र जनप्रतिनिधिको पनि तलबभत्ता र सेवासुविधा कटौती गथ्र्यो ।

घरबहाल कर उठाउँथ्यो । व्यवसाय दर्तामा कडाई गथ्र्यो । सामाजिक सुरक्षा भत्ता र पेन्सनमा कर लगाउँथ्र्यो । तर, सरकारले यीमध्ये केही काम गरेको छैन । यसले सरकार कर उठाउनै चाहँदैन भन्ने कुरा देखिँदैछ । यद्यपि, अर्थमन्त्री वाग्लेको आँखा खुलोस् । राजस्व उठाउनतर्फ अग्रसर हुनुपर्यो । नाकि विदेशी ऋण लिनेतर्फ । र, राजस्व उठाउन सरकार तत्काल यी काम गरिहाल्न आवश्यक छ ।
रुषा थापा
भक्तपुर