काठमाडौं, चैत १७
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहेका छविलाल रिजाल आज प्रकाउ परेका छन् ।
गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।
मंगलबार बिहानै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो । पक्राउ पछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ । परिसरले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर औपचारिक अनुसन्धान अघि बढाउने तयारी गरिएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए।