neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज

Mar 26th, 2026

काठमाडौं, चैत १२

राष्ट्रिय बाणिज्य बैंकले बैंकको मोबाइल एप RBB Digital Sansar बाट उपभोग गर्न सकिने गरी विकास गरिएको Digital Lending Product कार्यान्वयन गर्न राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

उक्त RBB Foneloan सेवा मार्फत् ग्राहकले बिना धितो, बिना कागजी प्रकृया, बैंकमा भौतिक उपस्थिति नजनाई हाललाई एक लाख रुपैयाँसम्मको कर्जा उपभोग गर्न पाउनेछन् । यो सुविधा बैंकमा तलबी खाता भएका ग्राहकले खातामा भएको कारोबारका आधारमा पाउनेछन् र सोका लागि आफ्नो खातामा रजिष्टर्ड भएको मोबाइल बैंकिङ्ग सुविधा अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप RBB Digital Sansar बाट आवेदन दिनुपर्नेछ । आवेदन पश्चात् बैंकले आवश्यक प्रकृया पूरा गरी कर्जा स्वीकृत गर्नेछ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ ।