काठमाडौं, चैत ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले शुक्रबार प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता साहको सपथ ग्रहणको समय शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने तय भएको छ ।
शुभ साइतमै सपथग्रहण सम्पन्न गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा गराइसकिएको बताइएको छ । कार्यक्रमलाई विशेष धार्मिक विधिसहित सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ ।
सपथग्रहण समारोहमा १०८ जना बटुकबाट स्वस्तिवाचन गराइनेछ भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने कार्यक्रम तय गरिएको छ । यसले हिन्दू तथा बौद्ध दुवै परम्परालाई समेट्ने गरी समारोहलाई बहुआयामिक बनाउने उद्देश्य राखिएको बताइएको छ ।
त्यस्तै, ७ जना ब्राह्मणद्वारा शंखनाद गरेर सम्पूर्ण समारोहलाई सनातन परम्पराअनुसार गुञ्जायमान बनाउने तयारी समेत गरिएको बताइएको छ ।